म सबैसँग हातेमालो र अगाँलो मार्न तयार छु : केन्द्रीय सदस्य केसी [भिडियोसहित]

  सगरमाथा अनलाईन
2.6k Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बलबहादुर केसीले १४ औं महाधिवेशनमा सोलुखुम्बु जिल्लाको लागि एकता अधिवेशन गर्न सबैसँग हातेमालो र अगाँलो मार्न तयार रहेको बताएका छन् ।

दुई समूहमा रहेको नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समिति एक भएको घोषणा कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै नेता कसीले सोलु कांग्रेस एक बनाउँनका लागि आफूले विधि र प्रक्रियामा रहेर जुनसुकै त्याग गर्न पनि तयार रहेको बताएका हुन् । ‘तपाईहरुलेनै समन्वय गरेर के गर्दा एकता हुन्छ म त्याग गर्न तयार छु ।’ केन्द्रीय सदस्य केसीले भने, ‘विधि र प्रक्रियामा बसेर म सबैसँग हातेमालो गर्न तयार छु, अगाँलो मार्न तयार छु ।’

‘सबैले प्रण गरौं, म नभईकन कांग्रेस चल्दैन भन्ने भ्रम हटाऔं, हामी नभई कांग्रेस चल्दैन भन्ने प्रण गरौं । मेरो पार्टीमा के भूमिका चाहिएको हो म भूमिका निभाउन तयार छु,’ केसीले भने ।

‘पार्टीभन्दा सम्पर्क समिति ठूलो होइन, शहिदको छोरोले हिजो बाटो बिराएको थियो तर, आज सहि बाटोमा आएको छ । शहिदको छोरो प्रमाणित गरेको छ । काठमाडौंमा बस्नेले सोलुको राजनीति चलाईरहेको छ ।’

‘हामी टुरिष्ट टुरिष्ट भन्छौं, तर, के गर्ने डलर झन चर्को हुँदो रहेछ । अभूतर्पू एकता सोलु कांग्रेसले देखाईसकेको छ । खुकुरी धेरै तेजिलो भयो भने धार झर्छ । ५२ वटा वडामा ४९ वटा वडामा सहमतिको आधारमा ल्यायौं । तपाईहरुलाई सजिलो छ बलबहादुर कांग्रेस र गेलु कांग्रेस ।’

हामी सबैले महत्वकांक्षा छोडिदिउ । म बिना हुँदै हुँदैन भन्ने महत्वकांक्ष छोडिदिउ । विवाद र समस्या कहाँ हुन्छ ? प्रश्न गर्दै नेता केसीले भने, ‘हामीले व्यक्तिगत स्वार्थका लागि पार्टीलाई विभाजन नगरौं । तपाईहरुले पनि नजिकबाट नेपाली कांग्रेसलाई हेर्नु भएको छ । तपाईहरु एकदिन कांग्रेस त होइन नी ?

कांग्रेस कांग्रेसका लागि होइन, त्यो सम्झनुस । कांग्रेसका लागि प्रतिस्पर्धी भनेको कम्युनिष्टहरु हुन् । यदि हामी मिल्यौं भने हामीलाई कसैले हराउन सक्दैनन् । कम्युनिष्ट फुटे र हामी जित्छौं भन्ने कुरा होइन । सिंगो कांग्रेस एक भएर लागौं त कसले हामीलाई हराउन सक्छ ?

व्यक्तिको पछाडि नलाग्नुस, कांग्रेको पछाडि लाग्नुस । विधान त जिल्लामा कुन चाँहि कांग्रेस लागेको छ, उसैको पछाडि लाग्ने हो । जसले हामी सबैलाई पार्टीप्रति एकताबद्ध भएर लाग्न सजिलो हुन्छ ।

हेर्नुहोस पूरा भिडियो 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार