सोलुदुधकुण्ड नगरपालिकामा १९ जना क्वारेन्टाइनमा

Facebook Debugger

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाले कोरोना भाइरस (कोभिड-१९) संक्रमण जोखिम कम गर्नका लागि जिल्ला बाहिरबाट आएका ११ जनालाई क्वारेन्टाइनमा राखेको छ ।
वैशाख ६ गते ताप्लेजुङ र तेह्रथुमबाट आएका गोराखानीका ८ जनालाई गोराखानीमै स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको हो । दोलखाबाट आएका सोलुदुधकुण्ड नगरपालिका ५ का ८ जनालाई फाप्लु (एर्मादिङ)मा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ ।
केही दिनपछि उनीहरुको ¥यापिट टेष्ट गर्ने र रिर्पोटको आधारमा क्वारेन्टीन अवधि लम्ब्याउने या छोट्याउने भन्ने निष्कर्षमा पुग्ने मेयर नाम्गेलजाङबु शेर्पाले बताए ।
कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि विदेश तथा जिल्लाबाट नगरपालिकामा भित्रनेहरुलाई विशेष निगरानीमा राख्ने गरेको मेयर शेर्पाको भनाई छ ।
क्वारेन्टाइनमा बस्दा खल्लो महसुस गर्ने भएकाले उनीहरुसँगको भेटमा मेयर शेर्पा व्यस्त देखिएका छन् । ‘उनीहरुको बसाई, खुवाइको अवस्था सहज बनाउन दैनिक क्वारेन्टाइन स्थलमा पुग्ने गरेको छु’ मेयर शेर्पाले भने । हिमाल एफएमबाट

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार