मनैदेखि एकताको अधिवेशन गर्न तयार भए १ घण्टा समय काफी छ : नेता कार्की [भिडियोसहित]

  सगरमाथा अनलाईन

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सफल व्यवसायी प्रकाशसिंह कार्कीले मनैदेखि एकताको अधिवेशन गर्न तयार भए १ घण्टा समय काफी भएको बताएका छन् ।

दुई समूहमा भएको नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिको एकता कार्यक्रमको विशेष अतिथिको आसनबाट बोल्नुहुँदै कार्कीले एकता एकता भनेर मात्रै हुँदैन मनैदेखि एकता गर्न सबै जना तयार भए १ घण्टा समय काफी हुने बताएका हुन् । नेता कार्की लामो समयदेखि दुई समूहमा भएको नेपाली कांग्रेस सोलुखुम्बुलाई एकताबद्ध रुपमा अगाडि बढाउनका लागि विभिन्न समयमा छलफल र अन्तक्रिया गरिहेका छन् ।

‘नेपाली कांग्रेसमा अब विवाद छैन भनेर प्रमाणित भएको छ । आजदेखि शुरुवात भएको छ । सौहार्दपूर्ण वातावरणमा वडा अधिवेशन सहमतिमै भएको छ ।’ नेता कार्कीले भने, ‘दुई ठाउँमा प्राविधिक रुपमा निर्वाचन भएको छ । निर्वाचित प्रतिनिधीहरु नेपाली कांग्रेसकै भएकाले अन्यथा लिनु हुँदैन ।’

सबैले एकताको अधिवेशन भनेर भनिरहेता पनि मनैबाट एकताको अधिवेशन भनेर लागियो भने सम्भव छ । एक व्यक्ति एक पदको अवधारणा लिएर अगाडि बढियो भने आकांक्षी सबैलाई समेट्न सकिन्छ । पद तलमाथि मात्रै हुने हो । आफ्नो क्षमता अनुसार पार्टीले जिम्मेवारी दिन सक्ने वातावरण तयार पार्नुनै एकता अधिवेशनको मुख्य आवश्यकता हो, कार्कीले भने ।

हेर्नुहोस पूरा भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार