सभापति बस्नेत र कोषाध्यक्ष कार्कीले दिए २७० परिवारलाई राहत

Facebook Debugger

काठमाडौं । नेपाली कांग्रेस सोलु काठमाडौं सम्पर्क समितिका सभापति गोकर्ण बस्नेत र कोषाध्यक्ष नविन कार्कीले २ सय ७० परिवारलाई राहत वितरण गरेका छन् ।

विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)को जोखिम न्यूनीकरण गर्न लकडाउन लगाएपछि दैनिक ज्यालादारी मजदूर र विद्यार्थीलाई दैनिक उपभोग्य वस्तुहरुको समस्या भएपछि सभापति बस्नेत र कोषाध्यक्ष कार्कीले व्यत्तिगत रुपमा २ सय ७० परिवारलाई राहत वितरण गरेका हुन् ।

हिमाली जिल्ला सोलुखुम्बुबाट काठमाडौं आएर दैनिक ज्यालादारी गर्ने मजदूर र विद्यार्थीहरुलाई राहत स्वरुप दैनिक उपभोग्य वस्तुहरु वितरण गरिएको सभापति गोकर्ण बस्नेतले बताए । राहत स्वरुप प्रति परिवार एक बोरा चामल, दाल, नुन र खानेतेल वितरण गरिएको थियो ।

‘हाम्रो सभापतिज्यूले पहिलेदेखिनै लकडाउनका कारण समस्यामा परेकाहरुलाई राहत दिँदै आउनु भएको थियो । त्यसमा म थपिए,’ कोषाध्यक्ष कार्कीले भने, ‘यस्तो संकटको बेला आफूले सकेको सहयोग गर्नुनै असल नागरिकको कर्तव्य हो ।’

राहत वितरण कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधि, प्रदेशसभा सदस्यका उम्मेदवार, जिल्ला कार्य समितिका नेताहरुको उलेख्य उपस्थिति रहेको थियो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार