उदयपुरमा थप ८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४० पुग्यो !

Facebook Debugger

काठमाडौं । उदयपुरमा थप ८ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतीजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गरिएको थियो ।

त्यस क्रममा आठै जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

उदयपुरको त्रियुगा नगरपालिकास्थित मस्जिदमा बसेका ११ जना भारतीय र २ नेपालीमा कोरोना संक्रमण भएको थियो ।

अहिले संक्रमण देखिएका ८ जना त्यसै मस्जिद क्षेत्र वरपरका वासिन्दा हुन् ।

उदयपुरका अर्का १ युवामा पनि मंगलबार नै कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैबीच यो सँगै अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ । जसमध्ये प्रदेश १ मा मात्रै २२ जना संक्रमित भेटिएका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार