थप ३ जनामा कोरोना भाइरस पुष्टि, संक्रमितको संख्या ४५ पुग्यो !

Facebook Debugger

काठमाडौँ । धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा संक्रमण देखिएको हो ।

धरानस्थित प्रतिष्ठानमा पीसीआर परीक्षण गरिएका २४, ६० र ७२ वर्षका ३ पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

उनीहरुको अहिले धरानमा उपचार भइरहेको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ जना पुगेको छ ।

यसैबीच नेपालमा कोरोना संक्रमितको संख्या ४५ जना पुगेको छ । उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ जनामध्ये १३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश १ मा संक्रमितको संख्या बढेको हो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार