प्रचण्ड छटपटाइरहेको सांसद सुदन किरातीको खुलासा

  सगरमाथा अनलाईन
17.2k Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं भोजपुर जिल्लाका प्रतिनिधिसभा सदस्य सुदन किरातीले प्रचण्डलाई सिध्याउने खेल भइरहेको बताएका छन् ।

काठमाडौंमा बान्तवा खिमले आज आयोजना गरेको एक समारोहमा बोल्दै सांसद राईले यस्तो बताएका हुन् । ‘प्रचण्डलाई समाप्त पार्नु भनेको संविधान, परिवर्तन र अहिलेको व्यवस्थालाई नै समामप्त पार्नु हो’ कार्यक्रममा बोल्दै किरातीले भने, ‘प्रभण्डप्रति त्यहि प्रकृतिको षड्यन्त्र भइरहेको छ । हामी सचेत रहनु जरुरी छ, यदि संविधान च्यातियो भने महिलाहरु फेरि आईमाई हुनेछन्, हिन्दुबाहेक अन्य धर्मावलम्बीहरुको जेलमा बास हुनेछ, दलितहरु मान्छे हुन पाउने छैनन्, जनजातिहरु फेरि भरिया मात्र हुनेछन् । स्थानीय र प्रदेश सरकारको अधिकार सिंहदरबारभित्रै फर्काइने छ । बोल्ने र अधिकार माग्ने आवाजमा प्रतिबन्ध लाग्नेछ । अफगानिस्तानमा तालीवानले सत्ता हातमा लिएपछि ठूलो–ठूलो बुद्धको मुर्तिमाथि डोजर चलाएको ईतिहास सबैले बुझेका छौं ।’

त्यसैगरि समकालीन नेताहरुमध्येमा प्रचण्डप्रति नै आशा रहेको भन्दै बारम्बार पार्टी विघटन गर्ने प्रस्ताव राख्नुको पछाडि प्रचण्डसँग इमान्दारीता रहेको पनि किरातीले खुलासा गरे । प्रचण्डले सार्वजनिक रुपमै माओवादी केन्द्रलाई एमाले र कांग्रेसजस्तै हुने हो भने विघटन गरौं भनि प्रस्ताव गर्दै आएका छन् । ‘प्रचण्ड आफ्नो समीक्षा गर्न सक्ने नेता हो । र राष्ट्र संकटमा परेकोबेला जोखीम उठाउन सक्ने नेता पनि हो’ कार्यक्रममा सांसद किरातीले भने– ‘यो अस्तव्यस्ततामा प्रचण्डभित्र छटपटि देखिन्छ । जनतालाई ढाँट्ने र धोका दिने हो भने पार्टी नै बिघटन गरौं भन्ने उहाँको बारम्बारको अभिव्यक्तिको अन्तर्यमा त्यहि महशुस हुन्छ । यो सारा परिबर्तन प्रचण्डकै साहसीक नेतृत्वमा भयो । यसको भित्री मर्म उहाँलाई नै थाहा छ ।’

त्यसैगरि किरातीले कार्यक्रममा सबै कुराको ग्यारेण्टी राजनीतिले नै गर्ने भएकाले राज्य सत्ताबाहेक सबै कुरा भ्रम हो भनिएको भन्दै आफ्नो अधिकार र पहिचानको कुरा गर्नेसँग संस्था र व्यक्तिहरु पहिचानबिरोधी तथा अतीवादी पार्टीको पछि लागेको देख्दा आफुलाई उदेक लाग्ने गरेको बताए । उक्त कुरा आफ्नो पार्टीमा आउनका लागि आह्वान गरेको नभएर कुरा बुझ्न ढिला नगर्नका लागि अनुरोध गरेको पनि उनले प्रष्ट पारे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार