सोलुखुम्बुमा राहत वितरणमा एकद्धार नीति अपनाइने

Facebook Debugger

सोलुखुम्बु । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले लागु गरेको लकडाउन अवधिमा सोलुखुम्बुमा एकद्धार नीति अपनाइने भएको छ । खाद्य संकटमा पर्ने परिवारलाई वितरण गरिने राहत एकद्धार नीति अपनाइदै स्थानीय सरकारले मात्र राहत वितरण गर्ने निर्णय गरिएको हो ।

जिल्ला समन्वय समितिका संयोजक वीरकुमार राईको अध्यक्षतामा बसेको वैठकले जिल्लाका विभिन्न स्थानमा व्यक्ति विशेषले राहत वितरण गरेको पाइएकाले त्यस्ता कार्यलाई पूर्ण रुपमा रोक लगाउने र एकद्धार नीति अनुसार स्थानीय सरकारले राहत वितरण गर्ने निर्णय गरेको छ ।

स्थानीय सरकारका प्रमुख तथा उपप्रमुख सहभागी वैठकले स्थानीय तहले प्राथमिकतामा राखेको विकास आयोजना सामाजिक दुरी कायम राखि सञ्चालन गर्न दिने र अत्यावश्यक निर्माण सामाग्री ढुवानीमा भ्याट वा प्यान विल अनिवार्य गर्ने निर्णय समेत गरिएको छ ।

त्यस्तै, लकडाउनको अवधिमा काठमाण्डौ लगायतका स्थानमा समस्यामा परेका आफ्ना स्थानीय तहका नागरिकलाई आवश्यक सुरक्षा सर्तकता अपनाई सुरक्षा निकायसँगको समन्वयमा व्यवस्थापन गर्ने निर्णय समेत गरिएको छ ।

वैठकमा हालसम्म स्थानीय सरकारले गरेका काम कारवाहीका विषयमा छलफल गरिएको थियो भने स्वास्थ्य सामाग्रीको उपलब्धिताको विषयमा समिक्षा गरिएको थियो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार