सोलुदुधकुण्ड नगरपालिका ७ को वडा अधिवेशन बदर, मतदान अधिकृत गुरुङ नैतिक संकटमा

पुनः अधिवेशन गर्न केन्द्रीय निर्वाचन समितिको आदेश

  सगरमाथा अनलाईन
2k Shares

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदुधकुण्डको वडा ७ नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भदौ २२ गते सम्पन्न वडा अधिवेशन बदर भएको छ ।

नेपाली काङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिले जिल्ला निर्वाचन अधिकृतलाई आइतबार पत्र लेख्दै उक्त वडाको अधिवेशन बदर गरि पार्टीको विधान, नियामावली र निर्वाचन निर्देशिका अनुसार पुनः अधिवेशन गर्न भनेको छ । केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले हस्ताक्षर गरेको पत्रमा मतदान अधिकृतले निर्वाचन कार्यतालिका प्रकाशन गरेपनि मिति उल्लेख भएको नपाएको र वडा कर्यसमिति र क्षेत्रीय प्रतिनिधि विजयी घोषणा गरेकोमा मतदान अधिकृत रहेको नदेखिएकाले बदर गर्नुपर्ने कारण उल्लेख गरिएको छ ।

उक्त वडा अधिवेशनमा आङगेलु शेर्पा समूहले एकलौटी ढंगले वडा पदाधिकारी, सदस्य र क्षेत्रिय प्रतिनिधी चयन गरेको भन्दै पुनः अधिवेशन हुनुपर्ने माग सहित १६ जना क्रियाशिल सदस्यले जिल्ला निर्वाचन अधिकृत र पार्टी समक्ष निवेद दर्ता गराएका थिए । तर, नगरपालिका सभापति पदका उम्मेदवार समेत रहेका सोनाम ग्याल्जेन शेर्पाले पूर्व सहमती विपरित अधिवेशन गरेको काङ्ग्रेस नेता राजकुमार प्रधानले आरोप लगाउदै आएका थिए ।

सोही विषयमा जिल्ला निर्वाचन अधिकृत कैलाश गुरुङ र दुबै पक्षका नेताबीच पटक पटक छलफल गरेको भएपनि निष्कर्ष विहिन भएपछि निर्णयार्थ केन्द्रमा पठाउने सहमती भएको थियो । तर, भदौ ३० गते जिल्ला निर्वाचन अधिकृत कैलाश गुरुङले सबै वडामा सफलताका साथ अधिवेशन सम्पन्न भएको विज्ञप्ति जारी गरि आफैले गरेको सो वडाको अधिवेशनमा एक पक्षिय निर्णय गरेको संकेत गरेका थिए । अघिल्लो दिन आफुले गरेको निर्णय विपरीत विज्ञप्ति निकालेको भन्दै काङ्ग्रेस सोलुखुम्बुले ध्यानाकर्षण भएको समेत जनाएको थियो ।

यसैबीच सोलुखुम्बु जिल्लाका लागि खटिएका निर्वाचन अधिकृत कैलाश गुरुङ थप नैतिक संकटमा परेका छन् । जिल्लामा रहेको नेपाली कांग्रेसका दुई समूहलाई मिलाउन नसक्दा निर्वाचन अधिकृत थप नैतिक संकटमा परेका हुन् ।

जिल्लाको ५१ वटा वडामा सफलतापूर्वक निर्वाचन सम्पन्न गरेको नेपाली कांग्रेसका निर्वाचन अधिकृत गुरुङले सोलुदुधकुण्ड नगरपालिका वडा नं. ७ मा भएको एकलौटी अधिवेशनको समयमै सही निर्णय लिन नसक्दा उनी थप नैतिक संकटमा परेका हुन् ।

हेर्नुहोस कांग्रेस केन्द्रीय निर्वाचन समितिले पठाएको आदेश

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार