नेचासल्यान गाउँपालिका सभापतिमा निरकुमार शर्मा निर्वाचित

  सगरमाथा अनलाईन
2.2k Shares

सोलुखुम्बु ।  नेचासल्यान गाउँपालिका सभापतिमा निरकुमार शर्मा (जयनेपाल) निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसको १४ औं अधिवेशनमा प्रतिद्धन्दी निरकुमार कट्टेललाई ३० मतले पछि पार्दै निर्वाचित भएका हुन् । सभापति शर्माले ५७ मत ल्याउँदा कट्टेलले २७ मत अर्थात दोब्बरभन्दा बढि मत प्राप्त गरेका थिए ।

त्यसैगरी उपसभापतिमा कैलाश निरौला र घनश्याम बास्तोला निर्वाचित भएका छन् । निरौलाले ७१ मत प्राप्त गर्दा बास्तोलाले ५८ मत प्राप्त गरेका छन् । त्यसैगरी उपसभापितका प्रतिद्धन्द्धि रामबहादुर राउत २४ मत प्राप्त गरेका छन् । उपसभापतिमा ३ जना चुनावी मैदानमा उत्रिएका थिए ।

त्यस्तै सचिवमा दुर्योधन राई र मिलन केसी सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । सह सचिवमा नवराज श्रेष्ठ र दिपक घिमिरे पनि सर्वसम्मत निर्वाचित भएका हुन् । सदस्यहरु भने सर्वसम्मत रुपमा चयन भएको विद्यार्थी नेता दिनराज बास्तोलाले बताए ।

यसैबीच खुम्बु पासाङल्हामु र महाकुलुङ र सोताङ गाउँपालिकामा सर्वसम्मत रुपमा सभापति लगायत पदाधिकारीहरु चयन गरिएको छ । लिखुपिके गाउँपालिका सभापतिमा सुरज बस्नेतले प्रतिद्धन्द्धि मिना कार्कीलाई पराजित गर्दै विजयी हासिल गरेका छन् । त्यस्तै थुलुङ दुधकोशी गाउँपालिकामा भक्त गुरुङ र बलबहादुर बस्नेत चुनावी मैदानमा उत्रिएका छन् । यता माप्य दुधकोशी गाउँपालिकामा भने सहमतिय रुपमै नेतृत्व चयन गर्नका लागि भोलीसम्मका लागि समय थप गरिएको बताईएको छ ।

जिल्लाको एक मात्र नगरपालिकामा मिङमार शेर्पा र सोनामग्याल्जेन शेर्पा चुनावी मैदानमा छन् । उनीहरुमध्ये कसको पक्षमा नतिजा आउने भन्ने निकै चासोका साथ हेरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार