थुलुङ दुधकोशी गाउँपालिका सभापतिमा भक्तबहादुर गुरुङ विजयी

  सगरमाथा अनलाईन
651 Shares

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका सभापतिमा भक्तबहादुर गुरुङ विजयी भएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंगलबार (हिजो) भएको निर्वाचनमा प्रतिद्धन्दी बलबहादुर बस्नेतलाई पराजित गर्दै गुरुङको प्यानलै विजयी भएको हो । सभापति गुरुङले १०७ र बस्नेतले ५३ मत प्राप्त गरेका छन् ।

गुरुङको सभापतित्वमा ४६ सदस्यीय गाउँ समिति निर्वाचित भएको छ । गाउँ समितिको उपसभापतिमा सोमराज केसी र कृष्णप्रसाद राई, सचिवमा सुवास राई (संगम) र सचिन थापा, सह सचिव खिमबहादुर बस्नेत र चोलेन्द्रबहादुर पोखरेल निर्वाचित भएका छन् ।

यसैबीच सोलुदुधकुण्ड नगरपालिकामा अहिले मतदान भैरहेको छ । नगर सभापतिमा मिङमार शेर्पा र सोनामग्याल्जेन शेर्पा चुनावि मैदानमा उत्रिएका छन् । निक्कै चासोका साथ हेरिएको नगरपालिका अधिवेशनमा कडा प्रतिस्पर्धा हुने बताइएको छ ।

त्यस्तै खुम्बु पासाङल्हामु गाउँपालिकामा चुङबा शेर्पा, महाकुलुङ गाउँपालकिामा बलकुमार कुलुङ र सोताङ गाउँपालिकामा कृष्णबहादु कार्कीलगायतको पदाधिकार र सदस्यहरु सर्वसम्मत रुपमा निर्विरोध चयन भएका छन् । नेचासल्यान गाउँपालिकामा निरकुमार शर्मा, थुलुङ दुधकोशी गाउँपालिकामा भक्तबहादुर गुरुङ र लिखुपिके गाउँपालिकामा सुरज बस्नेत चुनावि प्रक्रियामा सहभागी भएर सभापतिमा विजयी भएका छन् ।

यता माप्य दुधकोशी गाउँपालिकामा हिजोदेखि शुरु भएको अधिवेशन सहमतीबाटनै सम्पन्न गराउन प्रयास भैरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार