माप्य दुधकोशी गाउँपालिका सभापतिमा नविन कार्की सर्वसम्मत चयन

  सगरमाथा अनलाईन
833 Shares

सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिका सभापतिमा नविन कार्की सर्वसम्मत चयन भएका छन् ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत आज (बुधबार) सम्पन्न पालिका अधिवेशनले कार्कीलाई सर्वसम्मत पालिका सभापतिमा चयन गरेको हो । समितिको उप–सभापतिमा आङकाजि शेर्पा र दिनेश राई, सचिवमा तेजनारायण मगर र अविरल तामाङ, सह–सचिवमा मिङमार शेर्पा र भिम कामी, कोषाध्यक्षमा आशवरी राईलाई सर्वसम्मत चयन गरिएको हो ।

यसैबीच खुम्बु पासाङल्हामूमा चुङबा शेर्पा, सोताङमा कृष्ण कार्की र महाकुलुङमा बलकुमार कुलुङको नेतृत्वमा पदाधिकारी एवं सदस्यहरु सर्वसम्मत चयन भएका थिए ।

त्यसैगरी नेचासल्यानमा निरकुमार शर्मा, लिखुपिकेमा सुरज बस्नेत र थुलुङ दुधकोशीमा भक्तबहादुर गुरुङ निर्वाचित भएका छन् ।

जिल्लाको एक मात्र नगरपालिका सोलुदुधकुण्डमा भने मत गणना भइरहेको छ । सभापतिका लागि केसी समूहबाट मिङमार शेर्पा र शेर्पा समूहबाट सोनामग्याल्जेन शेर्पा चुनावी मैदानमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार