कोरोना संक्रमितको संख्या २८ लाख नाघ्यो, सबैभन्दा बढि संक्रमित अमेरिकामा !

Facebook Debugger

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेको संख्या २८ लाख नाघेको छ । शनिबार विहान ८ बजेसम्म वर्ल्डओमिटर्स ईन्फोको तथ्यांकअनुसार, संक्रमितको संख्या २८ लाख ३० हजार ४१ जना पुगेको हो ।

कोरोनाका कारण यूरोप र अमेरिकाका नागरिक सबैभन्दा बढि संक्रमित भएका छन् । अहिलेसम्म अमेरिकामा ९ लाख २५ हजार ३८ मानिसमा यो भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टाभित्रै अमेरिकामा ३८ हजार ७ सय ६४ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै, स्पेनमा २ लाख १९ हजार ७ सय ६४, इटालीमा १ लाख ९२ हजार ९ सय ९४, फ्रान्समा १ लाख ५९ हजार ८ सय २८, जर्मनीमा १ लाख ५४ हजार ९ सय ९९, बेलायतमा १ लाख ४३ हजार ४ सय ६४, टर्की १ लाख ४ हजार ९ सय १२, ईरान ८८ हजार १ सय ९४, चीनमा ८२ हजार ८ सय १६, रसिया ६८ हजार ६ सय २२ र ब्राजिल ५२ हजार ९ सय ९५ जनामा यो भाइरसको संक्रमण देखिएको छ ।

अहिलेसम्म यो भाइरसबाट संक्रमितमध्ये ७ लाख ९८ हजार ६ सय ३८ जना बिरामीहरु निको भएर घर फर्किसकेका छन् । जसमध्ये सबैभन्दा धेरै अमेरिकामा १ लाख १० हजार ४ सय ३२ संक्रमित निको भएर घर फर्किएका छन् । त्यस्तै जर्मनीमा १ लाख ६ हजार ८सय, स्पेनमा ९२ हजार ३ सय ५५, चीनमा ७७ हजार ३ सय ६४, ईरानमा ६६ हजार ५ सय ९९ र फ्रान्समा ४३ हजार ४ सय ९३ जना बिरामी निको भएर घर फर्किएका हुन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार