विकासप्रेमी जनप्रतिनिधी : संकटको बेलामा पनि विकासमा तल्लीन !

Facebook Debugger

सोलुखुम्बु । सोलुखुम्बुमा प्रदेश १ सरकारवाट विभिन्न योजनामा २० करोड बजेटको कार्य सुरु भएको छ । स्थानीयको माग बमोजिम प्रदेश १ सरकारसँग समन्वय गरी प्रदेश सांसदहरुले सो रकमको बजेट बिनियोजनमा भूमिका खेलेका हुन् ।

२० करोड बराबरको कामका लागि सबै योजना ठेक्का प्रक्रियामा रहेको छ । सोलुदुधकुण्ड नगरपालिका ८ केरुङको बाघखोर सिसाखोला मेराङ्गदिङ्गहुँदै सल्लेरी च्याल्सा विद्युत कम्पनीको पावर हाउससम्मको सडक स्तोरोन्नतिका लागि ५ करोड रकमको बहुवर्षे ठेक्का खुलेको छ । यस अघि रातो किताबमा १ करोड रकम रहेकोमा ४ करोड थप गरिएको सोलुखुम्बु प्रदेश ‘ख’का सदस्य एवं नेकपा प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए ।

यस्तै सल्लेरी सिलगुडी डाँडा महभिर काँकु बासा ठुल्ढुङ्गा अधेरीहुँदै खुम्बुपासाङ्गल्हामु गाउँपालिका सडक स्तरोन्नतिका लागि पनि रातो किताबमा भएका १ करोड रकममा ४ करोड थप गरी ठेक्का प्रक्रियामा रहेको छ ।

नेलेवाट थुलुङ्ग दुधकोशी गाउँपालिका कार्यालय जाने सडक स्तरोन्नतिका लागि रातो किताबमा रहेको २ करोड रकममा ३ करोड रकम थप गरी ५ करोड रकमको ठेक्का प्रक्रियामा रहेको सांसद राजभण्डारीले जानकारी दिए ।

तिङ्गलाहुँदै सल्यानको महेन्द्रोद्वय माध्यमिक विद्यालय हुँदै नेचासल्यान वडा नम्बर ५ बिहिबारे सडक स्तरोन्नतिका लागि ५ करोड रकमको ठेक्का प्रक्रियामा रहेको छ । यस योजनाका लागि पनि शुरुमा रातो किताबमा २ करोड रकम रहेकोमा ३ करोड थप गरी ५ करोड बनाइएको हो ।

सडक स्तरोन्नतिका यी सबै योजनाहरु बहुवर्षे योजना रहेको प्रदेश १ सरकारको कार्यालयका अधिकारीले बताए । शुरुवातमा रातो किताबमा सम्बन्धित योजनाका लागि कुल ६ करोड रकम बिनियोजन भएकोमा प्रदेश १ सरकारसँग आवश्यक समन्वय गरी १४ करोड रकम थप गर्न सफल भएको सांसद राजभण्डारीको भनाई छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार