लिखुपिके वडा ४ का २४ घरपरिवारलाई राहत वितरण

Facebook Debugger

सोलुखुम्बु । जिल्लाको लिखुपिके गाउँपालिकाले वडा नं. ४ का २४ घरपरिवारलाई राहत वितरण गरिएको छ ।

लकडाउनका कारण अति विपन्न परिवार र दैनिक ज्यालादारी परिवारलाई गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेत र वडा अध्यक्ष हिक्मत बस्नेतले संयुक्त रुपमा राहत वितरण गरेका हुन् ।

राहत स्वरुप प्रति परिवार ३० किलो चामल, ४ किलो दाल, १ पोका नुन, १ लिटर खाने तेल र २ वटा साबुन वितरण गरिएको छ । गाउँपालिकाको वडा नं. १ देखि शुरु गरिएको राहत वितरण आज (शनिबार) पाँचै वटा वडामा सकिएको अध्यक्ष डम्बरबहादुर बस्नेतले बताए ।

राहत वितरण कार्यक्रममा जिल्ला समन्वय समिति सोलुखुम्बुका सदस्य चरित्रबहादुर भुजेल, स्थानीय तहमा क्रियाशील राजनैतिक दलका प्रमुख एवं प्रतिनिधीहरुको उपस्थिति थियो ।

योसँगै लिखुपिके गाउँपालिकामा पहिलो चरणको राहत उपलब्ध गराउने काम सकिएको छ । दोस्रो चरणको राहत तथा उद्धारको लागि गाउँ कार्यपालिकाको बैठक बसि राहत तथा उद्धार गरिने अध्यक्ष डम्बरबहादुर बस्नेतले बताए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार