आगामी चुनावमा जसपासँग गठबन्धन हुँदैन : राजेन्द्र महतो

0 Shares

सप्तरी । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले आगामी चुनावमा जनता समाजवादी पार्टी ९जसपा० सँग गठबन्धन नगरिने बताएका छन् ।

सोमबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उनले जसपाले मधेशलाई विभाजन गर्ने, कमजोर बनाउने र खण्डित गर्ने काम गरेको भन्दै आगामी निर्वाचनमा गठबन्धन गर्न नसकिने बताएका हुन् ।

‘हामी एकता गरेर बलियो पार्न खोज्यौं । उपेन्द्रजीहरुले निर्वाचन आयोगमा गएर फुटाइदिनुभयो’ महतोले भने, ‘त्यसैले चुनावी तालमेल गर्न गाह्रो हुन्छ ।’

यसअघि २०७४ सालमा भएको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको तत्कालिन संघीय समाजवादी फोरम र तत्कालिन राष्ट्रिय जनता पार्टी ९राजपा० बीच गठबन्धन भएको थियो ।
वरिष्ठ नेता महतोले जसपाबाहेकको अन्य लोकतान्त्रिक पार्टीसँग तालमेल हुन सक्ने बताए ।

 

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरु तत्काल सरकारमा जाने सम्भावना नभएको बताएका छन् ।

अध्यक्ष ठाकुरले सरकारमा सहभागी हुन कुनै अफर नआएको र आफूहरुले पनि माग नगरेको बताए । ‘हाम्रो प्राथमिकता माग र मुद्दा हो’ उनले भने, ‘हामीले हाम्रो मुद्दाको सम्बोधन होस् भन्न चाहेका हौं ।’

तत्कालिन नेकपाको बहुमत सरकार आफ्नै पार्टीका कारण ढलेको र अहिलेको गठबन्धन सरकारमा पनि विवाद सुरु भएको अध्यक्ष ठाकुरले बताए ।

‘एमसीसीलाई लिएर तथा मन्त्रिपरिषदमा भागबण्डालाई लिएर विवाद सुरु भएको छ’ ठाकुरले भने, ‘सबै खेल सत्ताकै लागि भइरहेको छ । हामी भने मुद्दा सम्बोधनको पक्षमा छौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार