कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो, सबैभन्दा बढि मृत्यु अमेरिकामा !

Facebook Debugger

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)बाट मृत्यु हुनेको संख्या २ लाख नाघेको छ ।

वर्ल्डओमिटर्स इन्फोका अनुसार सोमबार विहान १० बजेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ६ हजार ९ सय ९७ जना पुगेको छ ।

कोरोनाबाट सबैभन्दा बढि अमेरिकी नागरिकले ज्यान गुमाएका छन् । हालसम्म अमेरिकामा ५५ हजार ४ सय १५ जनाको मृत्यु भएको छ । भने, सबैभन्दा बढि कोरोनाको बिरामीमध्ये अमेरिकामै निको भएर घर फर्किएका छन् । अमेरिकामा १ लाख १८ हजार ७ सय ८१ बिरामी निको भएर घर फर्किएका छन् ।

त्यस्तै ईटालीमा २६ हजार ६ सय ४४, स्पेनमा २३ हजार १ सय ९०, फ्रान्स २२ हजार ८ सय ५६, बेलायत २० हजार ७ सय ३२, जर्मनी ५ हजार ९ सय ७६, ईरान ५ हजार ७ सय १० र चीनमा ४ हजार ६ सय ३३ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टाभित्रै ७३ हजार ८ सय ५८ जना नयाँ संक्रमित थपिएका छन्, भने ३ हजार ७ सय ५१ जनाको एकैदिनमा मृत्यु भएको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार