५ माघ २०८२, सोमबार | Mon Jan 19 2026

बाढीपहिरोमा परी,प्रदेश १ मा२२ जनाको मृत्यु


३ कार्तिक २०७८, बुधबार  

0
Shares

विराटनगर । बाढी र पहिरोमा परी प्रदेश १ मा २२ जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पहाडी जिल्लामा २० र तराईका जिल्लामा दुई जनाको मृत्यु भएको हो ।

१ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीका अनुसार इलाममा सात जनाको मृत्यु भएको छ । पहिरोमा परी धनकुटामा ६ जनाको मृत्यु भएको छ ।

फाईल :तस्बिर

धनकुटाको चौबिसे गाउँपालिका(१ बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिराले भीमबहादुर श्रेष्ठको घर पुरेको थियो । पहिरोले पुरिँदा श्रेष्ठसहित ६ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

पाँचथरमा पनि ६ जनाको मृत्यु भएको छ । बाढीमा परी सुनसरीमा दुई र उदयपुरमा एक जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ६ : ०८ बजे