कोरोना संक्रमितको संख्या ३२ लाख नाघ्यो, अमेरिकामा मात्र साँढे १० लाख संक्रमित !

Facebook Debugger

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेको संख्या ३२ लाख नाघेको छ । बिहीबार दिउँसो २ बजेसम्म वर्ल्डओमिटर्स ईन्फोको तथ्यांकअनुसार, संक्रमितको संख्या ३२ लाख २९ हजार ८ सय १४ जना पुगेको हो ।

कोरोनाका कारण यूरोप र अमेरिकाका नागरिक सबैभन्दा बढि संक्रमित भएका छन् । अहिलेसम्म अमेरिकामा मात्रै १० लाख ६४ हजार ५ सय ७२ मानिसमा यो भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टाभित्रै अमेरिकामा २८ हजार ४ सय २९ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै, स्पेनमा २ लाख ३६ हजार ८ सय ९९, इटालीमा २ लाख ३ हजार ५ सय ९१, फ्रान्समा १ लाख ६६ हजार ४ सय २०, बेलायतमा १ लाख ६५ हजार २ सय २१, जर्मनीमा १ लाख ६१ हजार ५ सय ३९, टर्की १ लाख १७ हजार ५ सय ८९, ईरान ८८ हजार १ सय ९४, रसिया १ लाख ६ हजार ४ सय ९८, ईरानमा ९३ हजार ६ सय ५७, चीनमा ८२ हजार ८ सय ६२ र ब्राजिल ७९ हजार ६ सय ८५ जनामा यो भाइरसको संक्रमण देखिएको छ ।

अहिलेसम्म यो भाइरसबाट संक्रमितमध्ये १० लाख ६ हजार ९ सय ९८ जना बिरामीहरु निको भएर घर फर्किसकेका छन् । जसमध्ये सबैभन्दा धेरै अमेरिकामा १ लाख ४७ हजार ४ सय ११ संक्रमित निको भएर घर फर्किएका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार