कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख २८ हजार नाघ्यो, सबैभन्दा बढि मृत्यु अमेरिकामा !

Facebook Debugger

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)बाट मृत्यु हुनेको संख्या २ लाख २८ हजार नाघेको छ ।

वर्ल्डओमिटर्स इन्फोका अनुसार बिहीबार दिउँसो साँढे २ बजेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख २८ हजार ३ सय ९४ जना पुगेको छ ।

कोरोनाबाट सबैभन्दा बढि अमेरिकी नागरिकले ज्यान गुमाएका छन् । हालसम्म अमेरिकामा ६१ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ । भने, सबैभन्दा बढि कोरोनाको बिरामीमध्ये अमेरिकामै निको भएर घर फर्किएका छन् । अमेरिकामा १ लाख ४७ हजार ४ सय ११ बिरामी निको भएर घर फर्किएका छन् ।

त्यस्तै ईटालीमा २७ हजार ६ सय ८२, स्पेनमा २४ हजार २ सय ७५, फ्रान्स २४ हजार ८७, बेलायत २६ हजार ९७, जर्मनी ६ हजार ४ सय ६७, ईरान ५ हजार ९ सय ५७ र चीनमा ४ हजार ६ सय ३३ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टाभित्रै ८१ हजार ६ सय ७८ जना नयाँ संक्रमित थपिएका छन्, भने ६ हजार ५ सय ९३ जनाको एकैदिनमा मृत्यु भएको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार