काठमाडौं । नेकपा एमालेले आइतबारका लागि बोलाइएको प्रदेश १ प्रदेशसभाको बैठक स्थगित गर्न आग्रह गरेको छ ।
एमाले प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले आइतबार सभामुखलाई पत्र लेख्दै प्रदेशसभा बैठक स्थगित गरी कात्तिक १५ गते मात्रै बोलाउन आग्रह गरेका हुन् ।

कात्तिक ९ गते पार्टीको पालिका अधिवेशन, १० र ११ गते स्थायी कमिटीको बैठक तथा १२ र १३ गते पार्टीको केन्द्रीय कमिटीको बैठक भएकाले प्रदेशसभाको बैठक कात्तिक १५ गते मात्रै सञ्चालन गर्न एमालेले आग्रह गरेको छ ।

आइतबारको बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यतालिका तय भएको छ ।






