काठमाडौंबाट सगरमाथा क्षेत्रका स्थानीयलाई हवाईजहाज चार्टर्ड गरी गाउँ लगिने !

Facebook Debugger

काठमाडौं । काठमाडौं अड्किएका सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका स्थानीयलाई हवाईजहाजबाट उद्धार गरी गाउँ लगिने भएको छ ।

गाउँपालिकाले सूचना जारी गर्दै लकडाउनका कारण काठमाडौंमा समस्यामा परेका खुम्बुबासीलाई हवाईजहाजबाट गाउँ लैजान लागेको जानकारी गराएको हो ।

गाउँपालिकाले एक सूचना जारी गर्दै सडक मार्गबाट गाउँ र्फकन नपाएका व्यक्तिलाई हवाईजहाजबाट फिर्ता गर्न लागिएको जनाएको छ । यसरी र्फकदा हवाई जहाजमा लाग्ने टिकटको मूल्य भने यात्रु आफैले तिर्नुपर्ने शर्त राखिएको छ ।

क्वारेन्टाइनसम्बन्धी नियम लागु हुने शर्तमा स्थानीयलाई काठमार्डाैंबाट गाउँ फर्काउन लागिएको गाउपालिकाद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

गाउँपालिकामा र्फकन चाहने स्थानीयले शुक्रबार बेलुका ४ बजेसम्म नाम टिपाइसक्नुपर्ने बताइएको छ । काठमाडौंमा रहेका खुम्बु क्षेत्रमा कार्यरत शिक्षक र कर्मचारीलाई समेत हवाईजहाजबाटै कार्यस्थलमा फर्काइने भएको छ । सम्बन्धित वडामार्फत सम्पर्क गर्न गाउँपालिकाद्धार जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

काठमाडौंमा रहेका खुम्बु क्षेत्रका व्यक्तिले आफ्नो वडाका अध्यक्षलाई नाम टिपाएमा हवाईजहाज चढेर गाउँ र्फकन सक्ने भएका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार