तपाईको आज यसरी बित्नेछ : २०७७ वैशाख २० गतेको राशिफल

Facebook Debugger

आज वि.सं. २०७७ वैशाख २० गते शनिवार । तदनुसार इ.स. २०२० मे २ तारिख । शकसंवत् १९४२ । वैशाख शुक्लपक्ष । नवमी, ०७ः०० बजेदेखि दशमी, २८ः५५ उप्रान्त एकादशी ।

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ

शुभचिन्तकहरूले साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । पढाइलेखाइमा प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ ।

वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ । महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला । घरायसी आवश्यकता बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । फाइदाका लागि साइनो गाँसी नजिकिनेहरूबाट सावधान रहनुहोला ।

मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह

सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ । विशेष उपहार समेत हातलागी हुन सक्छ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ ।

कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ । तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ ।

सिंह : मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अवसर प्राप्त भए पनि आफ्नै कमजोरीले काम रोकिन सक्छ, दोहोर्याएर प्रयत्न गर्दा सम्पादन हुनेछ । महत्त्वाकांक्षी कार्य प्रारम्भ होला । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । व्यक्तित्व निखार्ने अवसर पनि प्राप्त हुनेछ ।

कन्या : टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ । उधारोमा व्यापार हुनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । स्वाभिमानका लागि लाभांश त्याग्नुपर्ला । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । छर–छिमेकमा असमझदारी बढ्नेछ । आकस्मिक खर्चले मन अत्तालिए पनिदिगो काम गर्ने अवसर जुट्न सक्छ ।

तुला : र, रि, रु, रे, रो, ता, ति, तु, ते

खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ । दिगो योजनाका लागि ऋण लिनुपर्ने हुन सक्छ । कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । आम्दानीका विभिन्न स्रोत फेला पर्नेछन् । थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । भौतिक साधन जुट्नेछन् र दिगो काम प्रारम्भ हुनेछ । सोख र परिस्थितिले खर्चको मात्रा भने बढ्नेछ ।

वृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि, यु

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक नेतृत्व हातलागी हुनेछ । व्यापारमा राम्रै फाइदा उठाउन सकिनेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । मिहिनेत गर्दा कार्य्सिद्धिको समय छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्नेछ । काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ, कर्तव्यपरायण रहनुहोला ।

धनु : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

परोपकारी भावना जागृत हुनाले तारिफयोग्य कामको यश लिने सौभाग्य प्राप्त हुनेछ । आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछन् । शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मसञ्चय गर्ने समय छ । सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ । मिहिनेतको राम्रो प्रतिफल प्राप्त हुनेछ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ ।

मकर : भो, ज, जि, खि, खु, खे, खो, गा, गि

सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला । परिबन्धले चुनौती निम्त्याउन सक्छ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । अरूका विषयमा चासो लिँदा पनि झमेला बेहोर्नुपर्ला । स्वास्थ्यमा कमजोरी अनुभूति हुन सक्छ । खानपान र आहारविहारमा ध्यान पुर्याउनुहोला । केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ ।

कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, द

दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ । परिवेश उल्लासमय रहनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । सुन्दर उपहारले प्रफुल्लित भइनेछ । मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । व्यवसायबाट आम्दानी भइरहनेछ । प्रयत्न गर्दा भौतिक वस्तुहरू जुटाउन सकिनेछ ।

मीन : दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन् । व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार