प्रहरीद्वारा २६ रोपनी गाँजा खेती नष्ट

img_0520उदयपुर, ८ कात्तिक । उदयपुरमा प्रहरीले यस बर्ष पनि गाँजा फडानी सुरु गरेको छ । उदयपुरको पश्चिमी पहाडी क्षेत्रहरुमा लगाईएको अबैध गाँजा खेती नष्ट गर्न प्रशासनले अभियान चलाएको हो ।
प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द्र घिमिरेको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको निर्णयानुसार गाँजा खेती लगाईएको गाँउमा प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।  नेपाल प्रहरीका ५० जना र शसस्त्र प्रहरीका ३० जनाको टोली शनिबारले गाँजा फडानी गर्न सुरु गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक चिरन्जिवी कोईरालाले बताए । उनले भने ‘नेपाल प्रहरी र शसस्त्र प्रहरीको चार वटा टोली बनाएर गाँजा नष्ट गर्न पठाईएको छ ।’
डिएसपी कोईरालाका अनुसार गाँजा फडानी गर्दा हुने संभावित द्वन्द्वलाई न्यूनिकरण गर्न विशेष कार्ययोजना बनाएर प्रहरी परिचालन गरिएको छ । भने प्रहरी टोलीले आईतबारदेखी सोमबार दिउँसोसम्म २६ रोपनी जग्गाको गाँजा खेती नष्ट गरेको छ । रुपाटार, लिम्पाटार, सोरुङ छविसे, तवाश्री, पञ्चावती, ईनामे, लेखगाँउ, ओख्ले गाँउ बिकास समिति लगायतका विकट पहाडी क्षेत्रमा पुगेर गाँजा फडानी गर्ने डिएसपी कोईरालाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार