कोरोना संक्रमितको संख्या साँढे ३६ लाख पुग्यो, अमेरिकामा मात्र १२ लाख बढि संक्रमित !

Facebook Debugger

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेको संख्या साँढे ३६ लाख पुगेको छ । मंगलबार विहान साँढे ११ बजेसम्म वर्ल्डओमिटर्स ईन्फोको तथ्यांकअनुसार, संक्रमितको संख्या ३६ लाख ४६ हजार ३ सय ४ जना पुगेको हो ।

कोरोनाका कारण यूरोप र अमेरिकाका नागरिक सबैभन्दा बढि संक्रमित भएका छन् । अहिलेसम्म अमेरिकामा मात्रै १२ लाख १२ हजार ९ सय मानिसमा यो भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाभित्रै अमेरिकामा २४ हजार ७ सय १३ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै, स्पेनमा २ लाख ४८ हजार ३ सय १, इटालीमा २ लाख ११ हजार ९ सय ३८, बेलायतमा १ लाख ९० हजार ५ सय ८४, फ्रान्समा १ लाख ६९ हजार ४ सय ६२, जर्मनीमा १ लाख ६६ हजार १ सय ५२, रसियामा १ लाख ४५ हजार २ सय ६८, टर्कीमा १ लाख २७ हजार ६ सय ५९, ब्राजिलमा १ लाख ८ हजार ६ सय २०, ईरान ९८ हजार ६ सय ४७ र चीनमा ८२ हजार ८ सय ८१ जनामा यो भाइरसको संक्रमण देखिएको छ ।

अहिलेसम्म यो भाइरसबाट संक्रमितमध्ये १२ लाख २ सय ९६ जना बिरामीहरु निको भएर घर फर्किसकेका छन् । जसमध्ये सबैभन्दा धेरै अमेरिकामा १ लाख ८८ हजार ६८ संक्रमित निको भएर घर फर्किएका छन् ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार