द्वन्द्वपीडित परिवारद्वारा काेराेना पीडितलाई सहयाेग

Facebook Debugger

ओखलढुंगा ।  चम्पादेवी गाउँपालिकाका एक द्वन्द्वपीडित परिवारले लकडाउनले राेजगारी नपाएर समस्यामा परेका १५ परिवारलाई खाद्यन्न सहयाेग गरेकाे छ ।  द्वन्दकाे समयमा पति गुमाएकी पदमकुमारी घिमिरे तथा छाेरा रमेश घिमिरेकाे परिवारले ४० हजार रुपैंया बराबरकाे खाद्य सामग्री १५ परिवारलाई सहयाेग गरेका हुन् ।

घिमिरे परिवारले लकडाउनको समयमा चम्पादेवी – ६ मा विभिन्न ठाँउबाट आएर घोराखोरी क्वारेन्टाइनमा बसेका, दैनिक ज्यालादारी गरेर छाक टार्ने परिवारलाई काम नहुँदा परिवार पाल्न समस्या भएकालाई खाद्यान्न सामाग्री वडा कार्यलयमार्फत वितरण गरेकाे स्थानीय युवा सुमन घिमिरेले जानकारी दिए । स्थानीयले स‌ंकटमा सहयाेग गर्ने घिमिरे परिवारकाे सह्राना गरेका छन् । सामाजका व्यक्तिलाई समस्या पर्दा आपसी सर-सहयाेग नै मानवीय सेवा भएकाे स्थानीय पदम बरालले बताए ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार