लिखुपिकेका जनप्रतिनिधीको १ महिनाको सुविधा कोरोना रोकथाम कोषमा !

Facebook Debugger

सोलुखुम्बु । जिल्लाको लिखुपिके गाउँपालिकाका स्थानीय जनप्रतिनिधीहरुको १ महिनाको सेवा सुविधा कोरोना रोकथाम तथा उपचारमा खर्च गरिने भएको छ ।

बुधबार बसेको कार्यपालिका बैठकले गाउँपालिकामा भएका २८ जनप्रतिनिधीहरुको १ महिनाको सेवा सुविधा प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेतले बताए ।

‘२८ जना गाउँपालिकाका जनप्रतिनिधीहरुको १ महिनाको सेवा सुविधा करिब ५ लाख जत्ति हुन्छ । थोरै भएपनि कोभिड-१९ को रोकथाम र उपचारमा हामीले सहयोग गरेका हौं,’ अध्यक्ष बस्नेतले भने, ‘सम्पूर्ण लिखुपिकेबासीलाई कोरोनाबाट बचाउँने हामी जनप्रतिनिधीहरुको पहिलो कर्तव्य भएकाले पनि हामीले १ महिनाको सेवा सुविधा गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेका हौं ।’

यसैबीच लिखुपिके गाउँपालिकामा सुरक्षार्थ खटिएका प्रहरी नायब नीरिक्षक (सई)को कमाण्डमा रहेका १७ जना प्रहरीलाई आवश्यकीय उच्च गुणस्तरको स्वास्थ्य सामग्री गाउँपालिकाले वितरण गरेको छ । कोभिड-१९ को जोखिमका बाबजुद पनि अग्रस्थानमा खटिएका सुरक्षाकर्मीलाई १७ थान पीपीईलगायतका स्वास्थ्य सामग्री वितरण गरिएको अध्यक्ष बस्नेतले बताए ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार