नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु

Facebook Debugger

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार केहीबेरअघि बैठक सुरु भएको हो ।

भोलि (बिहीबार) निर्धारित स्थायी कमिठिको बैठकको पूर्वसन्ध्यामा बसेको सचिवालय बैठकले दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले तयार पार्ने राजनीतिक प्रतिवेदनलाई अन्तिम टुंगो लगाउने र अन्य एजेण्डाहरु तय गर्ने बुझिएको छ ।

नेकपामा केही समययता चुलिएका विवाद शनिबार यता साम्य भएको दाबी गरिएपनि सचिवालयमा उक्त दिन भएका सहमति लिपिवद्ध गर्ने विषयमा अहिले पनि शीर्ष नेताहरुबीच विमति छ ।
सचिवालय बैठकअघि पार्टीका दुई अध्यक्ष ओली र दाहालबीच बुधबार बिहान पनि छलफल भएको थियो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार