थप कोरोना संक्रमित १७ जना एकै परिवारका सदस्य !

Facebook Debugger

वीरगञ्ज । वीरगञ्जमा बुधबार थपिएका १७ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित एकै परिवारका सदस्य भएको पाइएको छ ।

वीरगञ्ज महानगरपालिका–३ छपकैयास्थित त्यही परिवारका ३६ वर्षीय पुरुषलाई आइतबार कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि परिवारका सदस्य र उनको सम्पर्कमा आएकाहरुको परीक्षण गरिएको थियो । त्यसक्रममा उनको परिवारका सबै सदस्यको रिपोर्ट पोगेटिभ आएको छ । संक्रमित हुनेमा २ महिनाको शिशुदेखि ८६ वर्षका बृद्ध समेत रहेका छन् ।

उनीहरुलाई नारायणी अस्पताल ल्याइने अस्पतालका मेसु डा. मदन उपाध्यायले जानकारी दिए ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार