५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

कटारी प्रहरीद्धारा ३० किलो गाँजासहित एक पक्राउ



gajaउदयपुर, ९ कात्तिक । लागु औषध नियन्त्रणमा उदयपुर प्रहरीको सक्रियता बढेको छ । दुई दिनको विचमा इलाका प्रहरी कार्यालय कटारीले ३२ किलो गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सिरिसे गाँउ बिकास समिति वडा नंं ५ का पुर्ण बहादुर थापा मगर रहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक चिरन्जिवी कोईरालाले बताए । गोप्य सूचनाको आधारमा प्रहरीले थापा मगरलाई घरबाटै पक्राउ गरेको हो । आईतबार गाँजा सहित पक्राउ परेका सिरिसे ८ का दुर्गा बहादुर तामांङको वयानको आधारमा पक्राउ गरिएको डिएसपी कोईरालाले जानकारी दिए । मगरलाई म्याद थप गरि लागू औषध तथा नियन्त्रण ऐन अनुसार मुद्दा चलाईने प्रहरीले जनाएको छ । लागू औषध गाँजाको खेती नष्ट गर्न समेत शनिवार देखि नै उदयपुर प्रहरी अभियानमा जुटेको छ । टोलीले तीन दिनमा ४३ रोपनी गाँजा खेती नष्ट गरिसकेको छ  ।

प्रकाशित मिति : ९ कार्तिक २०७३, मंगलबार  ५ : २६ बजे