कोरोना रिपोर्ट देखाएपछि मात्रै संसद बैठकमा प्रवेश गर्न पाईने !

Facebook Debugger

काठमाडौं । कोरोना परीक्षणको ‘नेगेटिभ रिपोर्ट’ देखाएपछि मात्रै संघीय संसदका कुनै पनि सदस्य संसद बैठकभित्र प्रवेश गर्न पाउने भएका छन् ।

सभामुख अग्नि सापकोटाको अध्यक्षतामा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले कोरोनाको पीसीआर परीक्षणको रिपोर्ट देखाएरमात्र बैठक हलभित्र प्रवेश गर्न दिने निर्णय गरेको हो ।

नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीका अनुसार बिहीबार पीसीआर परीक्षण भएका सांसदहरुको रिपोर्ट ढिलोमा शुक्रबार विहानसम्म आइसक्ने र सो रिपोर्ट देखाएर मात्र सांसदहरुलाई बैठकमा प्रवेश गर्न दिइने सहमति भएको छ । संघीय संसदका दुवै सदनका सांसदहरुको परीक्षण भइरहेको छ ।

काठमाडौं बाहिर रहेका सांसदहरुलाई शुक्रबार विहानैदेखि परीक्षण गरिनेछ । रिपोर्ट नआई संसद बैठकमा भाग लिन नपाउने भएकाले राजधानी बाहिर रहेका धेरै सांसद शुक्रबारको बैठकमा भाग लिनबाट वञ्चित हुने भएका छन् ।

सचिवालयले राजधानी बाहिर रहेका सांसदहरुलाई पनि स्वाब संकलनका लागि बोलाइसकेको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद अधिवेशन सुरु भइसकेपछि कुनै पनि सांसदलाई काठमाडौं छाडेर निर्वाचन क्षेत्र जान नदिने निर्णय समेत गरेको छ ।

संसद बैठकको ग्यापमा सांसदहरु निर्वाचन क्षेत्र जाने प्रचलन रहेकाले संक्रमणको जोखिम रोक्न यस्तो निर्णय भएको हो । अब संसद अधिवेशनभर कुनै पनि सांसद निर्वाचन क्षेत्रमा जान पाउने छैनन् ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार