आरडिटी टेष्टमा कोरोना पोजेटिभ देखिएपछि दिप्लीघाट नाका बन्द

Facebook Debugger

सोलुखुम्बु । जिल्लाको सोताङ गाउँपालिकामा एक महिलामा आरडिटी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि थुलुङ दुधकोशी गाउँपालिका प्रवेश गर्ने दिप्लीघाट नाका बन्द गरिएको छ ।

एक हप्ताअघि उदयपुरबाट उद्धार गरिएकी सोताङ स्थायी ठेगाना भएकी एक महिलाको बुधबार गरिएको आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । कोरोनाको जोखिम कम गर्नको लागि सोताङ र थुलुङ दुधकोशीको आवतजावत गर्ने दिप्लीघाट नाकामा हेल्थ डेक्स र सुरक्षा पोष्ट स्थापना गरेर नाका बन्द गरिएको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले बताए ।

‘थुलुङ दुधकोशी गाउँपालिका दीप्लीघाटमा हेल्थ डेस्क सहित सुरक्षा पोष्ट खडा गरि केहि समयका लागि आवगमन बन्द गरिएको छ, अध्यक्ष राईले फेसबुकमा लेखेका छन्, ‘यसबाट पर्न जाने असुविधाप्रति माफि चाहन्छौं ।’

दुधकोशी पारिका दुई गाउँपालिका सोताङ र महाकुलुङ आवतजावत गर्ने मुख्य मार्ग थुलुङ दुधकोशी गाउँपालिका भएकाले पनि दिप्लीघाट नाका केहि समयका लागि बन्द गरिएको बताइएको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार