थप ८ जना कोरोना संक्रमित डिस्चार्ज हुँदै

Facebook Debugger

विराटनगर । विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका थप ८ जना कोरोना संक्रमित निको भएका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केमा संक्रमण देखिएका थप ८ जनाको पछिल्लो ३ रिपोर्टमा कोरोना संक्रमण नदेखिएको हो ।

भुल्केमा १६ जमातीसहित २८ जनालाई कोरोना देखिएको थियो । ती मध्ये ६ जना बुधबार निको भएर अस्पतालबाट फर्किएका थिए ।

१ महिलासहित ८ जनालाई शुक्रबार डिस्चार्ज गरिने कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले बताइन् । उनीहरुमा ३ पटक परीक्षण गर्दा नेगेटिभ देखिएपछि डिस्चार्ज गर्न लागिएको उनले बताइन् ।

कोभिड उपचार केन्द्रमा ३१ जना भर्ना भएका थिए । शुक्रबार ८ जनाको डिस्चार्ज भएपछि १७ जना उपचारमा रहनेछन् । संक्रमित सबैको अवस्था सामान्य छ । कोरोना अस्पतालमा उदयपुर बाहेक भोजपुरका १ जना र झापाका २ जना उपचाररत छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार