कोरोना संक्रमितको संख्या साँढे ३९ लाख नाघ्यो, अमेरिकामा मात्रै १३ लाख संक्रमित !

Facebook Debugger

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेको संख्या ३९ लाख नाघेको छ । शुक्रबार विहान साँढे ९ बजेसम्म वर्ल्डओमिटर्स ईन्फोको तथ्यांकअनुसार, संक्रमितको संख्या ३९ लाख १७ हजार ५ सय ३२ जना पुगेको हो ।

कोरोनाका कारण यूरोप र अमेरिकाका नागरिक सबैभन्दा बढि संक्रमित भएका छन् । अहिलेसम्म अमेरिकामा मात्रै १२ लाख ९२ हजार ६ सय २३ जना मानिसमा यो भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाभित्रै अमेरिकामा २९ हजार ५ सय ३१ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै, स्पेनमा २ लाख ५६ हजार ८ सय ५५, इटालीमा २ लाख १५ हजार ८ सय ५८, बेलायतमा २ लाख ६ हजार ७ सय १५, रसियामा १ लाख ७७ हजार १ सय ६०, फ्रान्समा १ लाख ७४ हजार ७ सय ९१, जर्मनीमा १ लाख ६९ हजार ४ सय ३०, ब्राजिलमा १ लाख ३५ हजार ७ सय ७३, टर्कीमा १ लाख ३३ हजार ७ सय २१, ईरान १ लाख ३ हजार १ सय ३५ र चीनमा ८२ हजार ८ सय ८६ जनामा यो भाइरसको संक्रमण देखिएको छ ।

अहिलेसम्म यो भाइरसबाट संक्रमितमध्ये १३ लाख ४४ हजार १ सय २० जना बिरामीहरु निको भएर घर फर्किसकेका छन् । जसमध्ये सबैभन्दा धेरै अमेरिकामा २ लाख १७ हजार २ सय ५० संक्रमित निको भएर घर फर्किएका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार