कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ७० हजार नाघ्यो, सबैभन्दा बढि मृत्यु अमेरिकामा !

Facebook Debugger

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)बाट मृत्यु हुनेको संख्या २ लाख ७० हजार नाघेको छ ।

वर्ल्डओमिटर्स इन्फोका अनुसार शुक्रबार विहान साँढे १० बजेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ७० हजार ७ सय २० जना पुगेको हो ।

कोरोनाबाट सबैभन्दा बढि अमेरिकी नागरिकले ज्यान गुमाएका छन् । हालसम्म अमेरिकामा ७६ हजार ९ सय २८ जनाको मृत्यु भएको छ । साथै, सबैभन्दा बढि कोरोनाको बिरामीमध्ये अमेरिकामै निको भएर घर फर्किएका छन् । अमेरिकामा २ लाख १७ हजार २ सय ५० बिरामी निको भएर घर फर्किएका छन् ।

त्यस्तै बेलायतमा ३० हजार ६ सय १५, ईटालीमा २९ हजार ९ सय ५८, स्पेनमा २६ हजार ७०, फ्रान्स २५ हजार ९ सय ८७, ब्राजिल ९ हजार १ सय ९०, जर्मनी ७ हजार ३ सय ९२, ईरान ६ हजार ४ सय ८६ र चीनमा ४ हजार ६ सय ३३ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टाभित्रै ९६ हजार २ सय ६२ जना नयाँ संक्रमित थपिएका छन्, भने ५ हजार ५ सय ८९ जनाको एकैदिनमा मृत्यु भएको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार