थप १ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ सय २ पुग्यो

Facebook Debugger

काठमाडौं । नेपालगञ्जमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका किशोरमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

पछिल्लो पटक नेपालगञ्जमा थपिएका २२ जना कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङका क्रममा उनको नमूना संकलन गरिएको थियो । नेपालगञ्ज उपमहानगरपालिका-८ का उनको ट्राभल हिस्टी छैन ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २ पुगेको छ । अहिलेसम्म संक्रमित हुनेमा ७४ जना पुरुष र २८ जना माहिला रहेका छन् ।

अहिले रुपन्देहीमा ३, नेपालगञ्जमा २४, धनगढीमा १, भरतपुरमा १, वीरगञ्जमा २६ र विराटनगरमा १७ जना कोरोना संक्रमितको उपचार भइरहेको प्रवक्ता देवकोटाले बताए ।

प्रदेश अनुसार प्रदेश १ मा ३१, प्रदेश २ मा ३०, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा २७ जना, र सूदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन् । जसमध्ये २७ जना निको भएर घर फर्किएका छन् भने ३ जना पुन कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका छन् ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार