काठमाडौं । जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् ।
नेपालगञ्जबाट जाजरकोटको कालीमाटीतर्फ जाँदै गरेको ना ६ ख २७५७ नम्बरको बस आज बिहान साढे २ बजेतिर जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौर भन्ने स्थानमा दुर्घटना भएको हो ।
दुर्घटनामा २ जना पुरुष, २ जना महिला र १ बालिकाको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए । मृतकहरुको सनाखत हुन बाँकी छ ।
दुर्घटनामा घाइतेहरुमध्ये ३ जनाको अवस्था गम्भीर छ । घाइतेहरू सबैलाई उपचार गर्न जिल्ला अस्पताल जाजरकोट पु¥याइएको छ ।