होसियार ! नेपालमा एकैदिन ८३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१७ पुग्यो !

Facebook Debugger

काठमाडौ । नेपालमा मंगलबार एकैदिन नेपालमा ८३ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक थप २६ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको हो । मंगलबार नै मन्त्रालयले ५७ जना कोरोना संक्रमित भएको जानकारी दिएको थियो ।

यसअघि मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंका प्रयोगशालामा गरिएको परीक्षणअनुसार पुष्टि भएका सबै ५७ जना पुरुषहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले बताएका थिए ।

नयाँ पुष्टि भएकामा कपिलवस्तुका ८, रुपन्देहीका ९, पर्साका ३९ र बाराका १ जना थिए । हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका अधिकारीले बताएका छन् ।

नेपालमा हालसम्म ३३ जना निको भएर घर फर्किएका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार