विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा संस्थापन पक्षका उद्धव थापा विजयी भएका छन् । थापाले रामचन्द्र पौडेल पक्षका गुरुराज घिमिरेलाई २ मत अन्तरले हराएका हुन् ।

थापाले ८ सय ४४ र घिमिरेले ८ सय ४२ मत पाएका छन् । पदाधिकारीमा एक महामन्त्रीबाहेकका अन्य पदहरुमा पनि थापा पक्ष नै विजयी भएको छ ।
उपसभापतिमा संस्थापन पक्षका रमेशजंग रायमाझी ८ सय ९१ मतसहित र टंकप्रसाद राई ८ सय ४७ मतसहित विजयी भएका छन् ।

संस्थापन इतरका उम्मेदवार गोविन्द प्रसाद ढुंगानाले (केदार)ले ७ सय ६५ र विश्वनाथ रिजाल (त्रिलोचन)ले ६ सय ६९ मत पाए ।
महामन्त्रीमा संस्थापन पक्षका भूपेन्द्र राई ८ सय २४ र संस्थापन इतरका उमेश थापा ८ सय २३ मत सहित विजयी भएका छन् । महामन्त्रीका अन्य उम्मेदवार पदम सुन्दर पालुङ्गवाले ८ सय ७ र दिपन कुमार श्रेष्ठले ७ सय ६४ मत पाएका छन् ।
सहमहामन्त्रीमा खड्ग फागो लोकप्रिय मतसहित विजयी भए । उनले १ हजार २६ मत पाएका छन् । यसैगरी अर्को सहमहामन्त्री पदमा प्रमिल गच्छदार ८ सय ३७ मतसहित विजयी भइन् ।
सहमहामन्त्रीका अन्य उम्मेदवारहरु विनोदकुमार बस्नेतले ७ सय ४७, सीता कार्कीले ७ सय ३३, रोहित कुमार शाहले ६ सय ६५, विरकाजी राईले ६ सय ४७ र शुभन्द्र राईले ८४ मत पाएका थिए ।







