काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सोलुखुम्बुका लोकप्रिय नेता एवं कांग्रेसको उद्योग व्यापार विभागका केन्द्रीय सदस्य प्रकाशसिंह कार्कीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन ।

नेता कार्किले संगठित, समावेशी र गतिशिल नेपाली कांग्रेस निर्माण गर्नका लागि आफुलाई मतदान गर्न आग्रह गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । पछिल्लो समय सामाजिक सेवासँगै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रुपमा लागेका कार्कीले सोलुखुम्बुमा रहेको दुई समूहलाई एउटै मञ्चमा राखेर एकताको प्रयास गरेका थिए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

नेपाली कांग्रेस सोलुखुम्बुको १४ औं अधिवेशनमा सबैभन्दा बढि मत ल्याएर कार्कीले महाधिवेशन प्रतिनिधीमा निर्वाचित भएका थिए । उनले गरेको सामाजिक काम र दुई समूहमा विभाजित नेताहरुलाई एकताको बाटोमा ल्याउन गरेको पहलकदमीका कारण कार्कीलाई सोलुखुम्बुका क्षेत्रिय प्रतिनिधीहरुले सबैभन्दा बढि मत दिएर निर्वाचित गरेका हुन् । कार्कीले गएको निर्वाचनमा सोलुखुम्बु प्रदेश सभा ‘क’ बाट उम्मेद्वारी दिएका थिए ।
यसैबीच सोलुखुम्बुबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बलबहादुर केसीले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । त्यसैगरी केन्द्रीय सदस्यमा सोलुखुम्बुका पूर्व पार्टी सभापति आङगेलु शेर्पा, पूर्व पार्टी सभापति प्रभुराम बस्नेत, कुशराज राई, आङछिरिङ शेर्पा, मनोज खड्का र धर्मबहादुर दर्जी (परियार)ले उम्मेदवारी घोषणा गरेका छन् ।














