जेठ २० गतेसम्म लक डाउन लम्ब्याउने सरकारको निर्णय

Facebook Debugger

काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको रोकथामका लागि लक डाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले उच्च स्तरीय समन्वय समितिको सिफारिसका आधारमा जेठ २० गतेसम्म लक डाउन लम्ब्याउने निर्णय आइतबार बेलुकी गरेको हो ।

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको र संक्रमितको संख्या दिनदिनै बढेको अवस्थामा रोकथामको उपयुक्त विकल्प लकडाउन नै भएको निष्कर्ष निकाल्दै सरकारले चैत ११ गतेदेखि जारी गरेको लक डाउन थप गर्ने निर्णय गरेको हो ।

नेपालमा कोरोनाका कारण दुईजनाको मृत्यु भएको छ, भने अहिलेसम्म २ सय ९६ जना व्यक्ति संक्रमित भएका छन् ।

उच्चस्तरीय समन्वय समितिको बैठकमा लक डाउनबारे गम्भीर रुपमा समीक्षा भएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद बिडारीले लक डाउनका कारण सम्भावित संक्रमणलाई नियन्त्रणका राख्न धेरै सफल भएको र आँकलन नै गर्न नसक्ने अवस्था आउन नपाएको बताएका थिए ।

सरकारले समितिले प्रदेश र स्थानीयतहका क्वारेन्टाइनलाई व्यवस्थित गर्ने र त्यसका लागि अवाश्यक पैसा पठाउने, सुरक्षा व्यवस्था अझ प्रभावकारी बनाउने निर्णय पनि गरेको छ ।

त्यस्तै स्वास्थ्यकर्मीको मनोबोल बढाउन ध्यान दिने र आपूर्ति अवस्थालाई सहज निरन्तरता दिने निर्णय भएको बिडारीले जानकारी दिए ।

भारतले जेठ १८ गतेसम्मका लागि लक डाउन घोषणा भएको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार