काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा निर्वाचित भएका छन् ।

पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा ४ हजार ९० मत गन्दा उनले २ हजार ६ सय ४४ मत पाएका छन् । ४ हजार ६ सय ७९ मत खसेकामा अब करिब ६ सय मत गन्न बाँकी छ । तर गगनले अरु उम्मेदवारले भन्दा ९०० बढी मत पाइसकेका छन् ।
दोस्रो स्थानमा रहेका विश्वप्रका शर्माले १ हजार ६ सय ८५ मत पाएका छन् । त्यस्तै प्रकाशशरण महतले १ हजार ३ सय ५७, प्रदीप पौडेलले १ हजार २ सय १७, डा. मिनेन्द्र रिजालले ७ सय ६ र राजाराम कार्कीले ९२ मत पाएका छन् ।







