कोरोना संक्रमितको संख्या ४८ लाख नाघ्यो, अमेरिकामा मात्रै १५ लाख संक्रमित !

Facebook Debugger

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेको संख्या ४८ लाख नाघेको छ । सोमबार विहान साँढे ७ बजेसम्म वर्ल्डओमिटर्स ईन्फोको तथ्यांकअनुसार, संक्रमितको संख्या ४८ लाख १ हजार ८ सय ७५ जना पुगेको हो ।

कोरोनाका कारण यूरोप र अमेरिकाका नागरिक सबैभन्दा बढि संक्रमित भएका छन् । अहिलेसम्म अमेरिकामा मात्रै १५ लाख २७ हजार ६ सय ६४ जना मानिसमा यो भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाभित्रै अमेरिकामा १९ हजार ८ सय ९१ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै, रसियामा २ लाख ८१ हजार ७ सय ५२, स्पेनमा २ लाख ७७ हजार ७ सय १९, बेलायतमा २ लाख ४३ हजार ६ सय ९५, ब्राजिलमा २ लाख ४१ हजार ८०, इटालीमा २ लाख २५ हजार ४ सय ३५, फ्रान्समा १ लाख ७९ हजार ५ सय ६९, जर्मनीमा १ लाख ७६ हजार ६ सय ५१, टर्कीमा १ लाख ४९ हजार ४ सय ३५, ईरान १ लाख २० हजार १ सय ९८, भारत ९५ हजार ६ सय ९८, पेरु ९२ हजार २ सय ७३ र चीनमा ८२ हजार ९ सय ५४ जनामा यो भाइरसको संक्रमण देखिएको छ ।

अहिलेसम्म यो भाइरसबाट संक्रमितमध्ये १८ लाख ५८ हजार १ सय ६९ जना बिरामीहरु निको भएर घर फर्किसकेका छन् । जसमध्ये सबैभन्दा धेरै अमेरिकामा ३ लाख ४६ हजार ३ सय ८९ संक्रमित निको भएर घर फर्किएका छन् ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार