खोटाङमा देखियो कोरोनाको पहिलो संक्रमित !

Facebook Debugger

खोटाङ । खोटाङका १ जना युवकमा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ ।

हलेसी तुवाचुङ नगरपालिका-७ का २० वर्षीय युवकमा कोरोना संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलले बताए ।

नगरपालिकाले गत शुक्रबार ३३ जनाको स्वाब सङ्कलन गरेर धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्न पठाएको थियो । पीसीआर परीक्षणका क्रममा ती युवकमा कोरोना संक्रमण देखिएको हो ।

ती युवक वैशाख–१२ गते नगरले पठाएको गाडीमार्फत काठमाडौँबाट घर आएका थिए । वैशाख १० देखि १३ गतेसम्म हलेसी तुवाचुङ नगरपालिकाले काठमडौँबाट १ हजार ३ सय १८ जना नगरबासीलाई उद्दार गरेर ल्याएको थियो ।

प्रजिअ शर्माका अनुसार अहिले कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको जनाइएको छ । युवकलाई आज (सोमबार) राति आइसोलेसनमा राखेर भोलि मङ्गलबार विरानटगरस्थित कोभिड अस्पतालमा पठाउने तयारी भइरहेको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार