पाथिभरा देवीको दर्शन गर्दै आजको राशिफल हेर्नुहोस

  सगरमाथा अनलाईन
7 Shares

आज २०७८ पुस २३ गते, शुक्रवार । तदनुसार ७ जनवरी २०२२ । पौष शुक्लपक्ष पञ्चमी तिथि, १६ः१२ बजेदेखि षष्ठी । शतभिषा नक्षत्र, ११ः२७ बजेदेखि पूर्वभाद्रपदा । चन्द्रराशि-कुम्भ ।

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मेहनतअनुसार अलि न्यून परिणाम प्राप्त हुनेछ। प्रतीक्षित नतिजा केही कमजोर रहनेछ। तापनि आम्दानी भइरहनेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ। थोरै लगानीबाट पनि लाभ मिल्नेछ। भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।अप्ठ्यारा परिस्थितिसमेत अनुकूल बन्दै जानेछन्। तर, अधिक फलको आकांक्षाले समस्या समेत निम्त्याउन सक्छ ।

वृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। समाजले पदीय दायित्व दिलाउन सक्छ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित व्यक्तिहरू नजिकिन सक्छन्। काममा विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह

धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। कम महत्त्वका काममा अल्झनुपर्दा योजना समयमा सम्पादन नहुन सक्छ। स्वास्थ्यमा कमजोरी देखिनाले चिताएको काम रोकिएला। आशा देखाउनेहरूको भरपर्दा धोका पाइनेछ। चुनौतीपूर्ण कामको दायित्वले कठोर निर्णय गराउला। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। सफलता भने न्यून मात्र हातलागी हुनेछ ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अरूका काममा धेरै समय खर्चनुपर्ला। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। पहिलेको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे

परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मन मिल्ने साथीसँग भेट हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्य आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। अतिथिका रूपमा मानसम्मान प्राप्त होला। प्रेम र मित्रताको बन्धन कसिने समय छ। टाढिएका साथीभाइ पनि नजिकिनेछन् ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो

परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। द्वेष गर्नेहरू स्वयं परास्त हुनेछन् ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते

अवसर जुटे पनि अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले निराश तुल्याउन सक्छ। अध्ययनमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन समय पर्खनुहोला। कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ। सन्तान वा अनुयायीले साथ दिनेछन् ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु

बेसुरमा वचन दिँदा अप्ठ्यारोमा परिएला। हडबड गर्नाले काम बिग्रन सक्छ। साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला। असंयम व्यवहारले समस्या निम्त्याउन सक्छ। परिस्थिति अलि प्रतिकूल रहला। पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। पशुधनबाट सामान्य लाभ उठाउन सकिनेछ ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आवश्यक पर्दा सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि

शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। बोलीको भरमा काम सम्पादन हुनेछ। अध्ययनमा प्रगति हुनेछ, लेखनमा निखारता आउनेछ। लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द

सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूकोे उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन हुनेछ। सानो प्रयासले नै काम बन्नेछ ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि

बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन्। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग पनि असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। यात्रा गर्ने अवसर भने प्राप्त हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार