भ्वाई अफ किड्सको पहिलो उपाधि जेनिश उप्रेतीले जिते

  सगरमाथा अनलाईन
4.5k Shares

काठमाडौं । सिङ्गिङ रियालीटि शो द भ्वाईस अफ किड्स नेपालको पहिलो उपाधि जेनिश उप्रेतीले जितेका छन् ।

टिम प्रमोदको प्रतिस्पर्धी जेनिशले फाईनलका ७ जना प्रतिस्पर्धीलाई पछि पार्दै भ्वाईस अफ किड्स नेपालको पहिलो उपाधि जितेका हुन् । फाईनलमा प्रत्येक टिमका २÷२ जना प्रतिस्पर्धी पुगेका थिए ।

भ्वाईस अफ किड्को पहिलो विजेताले १५ लाख नगद पुरस्कार प्राप्त गरेका छन् । यसको साथै थुप्रै आकर्षक उपहारहरु पनि प्राप्त गरेका छन् ।

टिम प्रविशाबाट सुशमि गुरुङ र अनुजा कडरिया, टिम मिलनबाट मिन्छमा राई र नुमा राई, टिम राजुबाट सुप्रिम मल्ल ठकुरी र पासाङदिकी शेर्पा र टिम प्रमोदबाट जेशिन उप्रेती र रुक्सना लिम्बु फाईनलमा पुगेका थिए ।

हिमालयन टेलिभिजनबाट प्रशारित रियालिटी शो द भ्वाई अफ किड्सको ग्रानफिनाली शनिबार साँझ भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार