सोलुखुम्बुमा पनि भेटियो पहिलो कोरोना संक्रमित !

Facebook Debugger

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा पनि पहिलो कोरोना संक्रमित भेटिएको छ ।

सोलुदुधकुण्ड नगरपालिकाका २७ वर्षिय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको सोलुखुम्बु प्रशासनले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा दोस्रो पटक गरिएको पिसिआर परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ देखिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी दिए ।

जिल्ला अस्पताल फाप्लुको आईसोलेशन वार्डमा राखेर उपचार भईरहेको उनलाई थप उपचारको लागि बिहिबार बिहान कोरोना अस्पताल बिराटनगर पठाईएको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार