पितृ शोकमा परेका शेर्पा परिवारलाई सोलु कांग्रेसको शोक पत्र

  सगरमाथा अनलाईन
868 Shares

काठमाण्डौँ । पितृ शोकमा परेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङगेलु शेर्पालाई शोक पत्र हस्तान्तरण गरिएको छ । शेर्पाका ८० वर्षिय पिता तथा कांग्रेस सोलुखुम्बुका पुराना नेता नुर्वुवाङडा शेर्पाको निधनले शोकमा परेका शेर्पालाई सोलु प्रदेश ‘ख’समितिले नेपाली का‌ंग्रेस सोलुखुम्बुका सभापति नाम्गेलजाङ्बु शेर्पासहितको टोलीले शोक पत्र हस्तान्तरण गरेको हो ।

काठमाण्डौँ स्थित निलोपुलमा शेर्पा निवास पुगेर क्षेत्रिय सभापति कर्मा शेर्पाले शोक पत्र हस्तान्तरण गरेका हुन् । कार्यक्रममा स्वर्गीय शेर्पाका अर्का छोरा आङफुला शेर्पाको पनि उपस्थिती रहेको थियो ।

शोक पत्रमा नुर्वु वाङडाको निधनले प्रजातान्त्रिक आन्दोलनका योद्धा गुमाएको र पार्टीलाई क्षति पुगेको उल्लेख गरिएको छ । कलेजोको रोगबाट पिडीत शेर्पाको पुष १२ गते निधन भएको थियो । उनको बौद्ध परम्परा अनुसार पुष १५ गते अन्त्यष्टी गरिएको थियो ।

शोक पत्र हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेलजाङ्बु शेर्पा, कांग्रेस माप्य दुधकोशीका सभापति नविन कार्की, कांग्रेस खुम्बु प्रदेश सभा ‘ख’का उपसभापति ज्ञानेन्द्रजंग बस्नेत, सचिव चन्द्र खालिङ, पासाङल्हामूका सचिव तथा प्रवक्ता पासाङ शेर्पा, महाधिवेशन प्रतिनिधि नविन कार्की, कांग्रेस नेतृ सरला नाछिरिङलगायतको उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार