कोभिड-१९ बाट प्रभावित पर्यटन मजदूर प्रत्यक्ष मारमा

Facebook Debugger

केशर श्रेष्ठ । कोरोना भाईरस (कोभिड-१९) संक्रमणका कारण आज विश्व मानव जगत आक्रान्त छ । यस माहामारीबाट हाम्रो देश नेपाल पनि अछुतो रहेन । जनताको जीवन रक्षाका लागि संक्रमण फैलन नदिनु सरकारको पहिलो प्राथमिकता हो । जसका लागि सरकारले देश महिनौ देखि लकडाउनमा राखेको छ । सरकारको नियमको पालना गर्नु नागरिकले आफ्नो कर्तव्य तथा लकडाउन अति आवश्यक ठानि सम्पुर्ण नेपालीले लकडाउनको पालना गरेका छन् । कुनै औषधि वा खोप पत्ता नलागे सम्म यो माहामारीको संक्रमण अन्त्य नहुने कुरा निश्चितप्रायः छ । तसर्थ लकडाउनकै विचमा सुरक्षित रहदै नागरिकका दैनिक जिवन यापनका लागि सहज वनाउने विकल्पहरुको खोजि गर्नु आजको आवश्यकता वनेको छ ।

यस माहामारीको कारण विश्वसँगै हाम्रो मुलुक नेपालको पनि सम्पूर्ण सामाजिक, आर्थिक क्षेत्रमा धेरै असर परेकै छ । अझ पर्यटन क्षेत्रमा वढि असर परेको कुरामा दुईमत रहेन । यस कोरोना माहामारीको संक्रमण कम भएर महिनौ लामो लकडाउन सगै दैनिकी सामान्य तर्फ उन्मुख हुदै जादा अन्य पेशा तथा व्यवसायका मजदुरहरु चाँडै आ–आफ्नै पेशा व्यवसायमा फर्कन्छन तर पर्यटन क्षत्रका मजदुरहरुलाई त्यो सजिलो छैन । पर्यटन क्षत्रका मजदुरहरुको काम प्रत्यक्ष रुपमा पर्यटकसँग सम्वन्धित हुन्छ । नेपाल घुम्न आउने पर्यटक विश्वका अधिकांश मुलुकहरुमा कोरोना संक्रमण भयावह वनेको छ । त्यहाका नागकिहरुको पनि अर्थतन्त्रमा गम्भिर असर परेको छ । उनिहारुले आफ्नो अर्थतन्त्र मजवुद वनाउन केहि समय लाग्न देखिन्छ । अर्को तर्फ यसको संक्रमणबाट जोगिन धेरै दशहरुले देश भित्रिदा वा बाहिरिदा हेरेक पटक स्वास्थ्य परिक्षण लगाएतका झन्जटिलो र खर्चिलो प्रवधानहरु वनाउन सक्ने देखिन्छ । यसरि हेर्दा अहिले नै यस कोरोनाको संक्रमण कम भए पनि अवको केहि वर्ष नेपालमा पर्यटकको संख्या घट्ने निस्चित छ । यसरि नेपालमा पर्यटकको संख्या कम हुदा हरेक सिजनमा पर्यटकलाई सेवा दिदै त्यसैवाट जिविकोपार्जन गर्ने पर्यटन क्षेत्रका लाखौ मजदुर यस माहामारीका कारण प्रत्यक्ष मारमा परेका छन् । यस वर्षको स्प्रिङ सिजनको सुरुवातमै माहामारी फैलदा वर्षमा मुख्य गरेर दुई वटा सिजनमा करिव चार महिना काम गरेर वर्षभरि आफ्नो र परिवारको गुजारा चलाउने लाखौं पर्यटन मजदुर, अहिले रोजगार विहिन बनेका छन् । यस्ता पर्यटन मजदुरहरु अहिले मात्र वेरोजगार बनेका छैनन माहामारी नियन्त्रन भई लकडाउन खुले पनि तत्काल पर्यटक भित्रिने सम्भावना छैन ।

आगामि अटम सिजन अनिश्चित वनेको छ नै आगामि कम्तिमा एक वर्ष पर्यटक भित्रिने सम्भावना न्यून छ । यसले टे«किङ कम्पनिहरुमा ज्याला मजदुरि गर्ने पर्यटन मजदुरहरु अत्यन्तै मारमा परेका छन् । अहिले यि मजदुरहरुमा माहामारीले भन्दा पनि भोकले मरिने हो कि भन्ने चिन्ता वढ्दै गएको छ । यस विषयलाई गम्भिरता पुर्वक विचार गरि समाधानको प्रयास नगरिए यस क्षत्रका मजदुरहरुमा नैराष्यता उत्पन्न भई धेरै दक्ष जनशक्ति मजदुरहरु पेशाबाट नै पलाएन हुने प्रवल सम्भावना छ । यदि पलायन भएको खण्डमा कोरोना संक्रमणमा कमि आई पर्यटकको संख्यामा बृद्धि हुदा यस क्षत्रमा दक्ष जनशक्तिको अभाव हुन जान्छ । यस्तो अवस्था आउन नदिन नेपाल सरकार तथा सरोकारवाला निकायहरुले वेलैमा गम्भिर र जिम्मेवार भई उनिहरु लक्षित राहतका कार्यक्रमहरु ल्याउन जरुरि छ । यस विषयमा नेपाल सरकारको निति तथा कार्यक्रममा पनि त्यस्तो कुनै ठोस कार्यक्रम उल्लेख भएको देखिदैन ।

नेपाल सरकार तथा सम्वन्धित निकायहरुले पर्यटन क्षत्रका सुधारका लागि नयाँ गन्तव्यको पहिचान , संचालनमा रहेका गन्तव्यहरुको थप सुधार तथा सरसफाई, हिमालहरुको सरसफाई, नयाँ हिमालहरुको पहिचान तथा आरोहण, दक्ष जनशक्ति उत्पादनका लागि विभिन्न तालिमका कार्यक्रमहरु अर्गानिक फलफूल तथा तरकारि खेति, पशुपालन, माछापालन आदिका लागि सहुलियत ऋण तथा राष्ट्रिय गौरवका आयोजनाहरुमा रोजगारि लगायतका कार्यक्रमहरु सन्चालन गरि योग्यता र क्षमता अनुसारको रोजगारि दिई पर्यटन क्षत्रका लाखौ मजदुरहरुमा राहत पु¥याउन अति आवश्यक देखिन्छ ।

[लेखक : नेपाल पर्वतिय लिडर संघका अध्यक्ष हुन्] 

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार