महाकुलुङमा १७ किलोमिटर पर्यटन पदमार्ग निर्माण

Facebook Debugger

मनबहादुर कुलुङ/सोलुखुम्बु । जिल्लाको महाकुलुङ गाउँपालिकामा १७ किलोमिटर पर्यटन पदमार्ग निर्माणको काम सकिएको छ ।

गाउँपालिकाको वडा नं. ३ दुरेकोम (१९८०मि.)देखि पाँचपोखरी दोबाटो (४,३२२मि.)सम्मको पर्यटन पदमार्गको निर्माण काम सकिएको हो । पर्यटन विकास आयोजना विराटनगरको ५० लाख आर्थिक सहयोगमा निर्माण गरिएको पर्यटन पदमार्ग गाउँपालिकाकै नमूना विकासको योजना बनेको गाउँपालिका अध्यक्ष सागर किरातीले बताए ।

अध्यक्ष किरातीले निर्माण उपभोक्ता समितिले उदाहरणिय काम गरेकोमा धन्यवाद दिँदै पदमार्गले महाकुलुङ गाउँपालिकालाई पर्यटन प्रवद्र्धनमा टेवा दिने विश्वास समेत व्यक्त गरे ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार